२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात



अ+ अ-

अत्तरिया । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा रु १२ करोड २१ लाखको मकै, रु पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा रु आठ करोड ७१ लाखको तरकारी, रु १६ लाख ५० हजारको मटर, रु १४ लाख ८६ हजारको फर्सी, लौकालगायतको तरकारी, रु सात लाख ३३ हजारको प्याज, रु पाँच लाख २९ हजारको काँक्रा, रु सात लाख ४१ हजारको कागती र रु ६ लाख ७९ हजारको अन्य तरकारी आयात गरिएको छ ।

यस्तै चालु आवको सोही अवधिमा रु आठ करोड ४९ लाखको अङ्गुर, रु चार करोड ४९ लाखको अनार, रु दुई करोड ३० लाखको अम्बा, आँपलगायतका फलफूल, रु दुई करोड ११ लाखको सुन्तला, रु ८७ लाख २९ हजारको स्याउ तथा रु ८४ लाख ७१ हजारको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

राजस्व सङ्कलनमा कमी

कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन् । चालु आवको फागुन मसान्तसम्म रु सात अर्ब ५६ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्रै सङ्कलन भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

चालु आवको साउनमा रु ७२ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४६ करोड ८२ लाख, भदौमा रु ८८ करोड ४० लाख लक्ष्य रहेकामा रु ५१ करोड ९३ लाख, असोजमा रु ९७ करोड ८१ लाख लक्ष्य रहेकामा रु ६३ करोड १४ लाख तथा कात्तिकमा रु ९७ करोड ५२ लाख लक्ष्य रहेकामा रु ६१ करोड ४६ लाखमात्रै राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

यस्तै मङ्सिरमा रु एक अर्ब दुई करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ७३ करोड ३४ लाख, पुसमा रु एक अर्ब चार करोड १३ लाख लक्ष्य रहेकामा रु ६८ करोड ९० लाख, माघमा रु ९२ करोड ६९ लाख लक्ष्य रहेकामा रु ६६ करोड ६७ लाख तथा फागुनमा रु एक अर्ब ९८ लाख लक्ष्य रहेकामा रु ६९ करोड एक लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

चालु आवमा कैलाली भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवको आठ महिनामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्र राजस्व असुली भएको छ । जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो । आर्थिक वर्ष २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र हो ।

“आयात घटेसँगै राजस्व सङ्कलन प्रभावित भएको हो”, उहाँले भन्नुभयो–“पूँजीगत खर्च बढ्न सकेको छैन । विकास निर्माणका कार्य पनि त्यति भएका छैनन् । यसबाट राजस्व असुलीमा कमी आएको हो ।” रासस




भर्खरै