• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

अपार सम्पत्तिका मालिक बलिउडका यी सुपरस्टार, तर १ बीएचके फ्ल्याटमा जीवन बिताइरहेका छन्



एजेन्सी । धेरै बलिउड स्टारहरू विलासी जीवन बिताउँछन् र दरबारजस्तो घरमा बस्छन् । तर, एकजना सुपरस्टार छन्, जसले करोडौंमा पारिश्रमिक लिन्छन तर निकै सादा जीवन बिताउँछन् ।

बलिउडका भाइजान अर्थात सलमान खानले आफ्नो करियरमा धेरै ब्लकबस्टर फिल्म दिएका छन् । उनी बी टाउनका ‘टाइगर’ हुन् र बलिउडका महँगा कलाकारको सूचीमा पनि परेका छन् । यति हुँदाहुँदै पनि सलमान निकै साधारण जीवन बिताउँछन् ।

करोडौंमा शुल्क लिने अभिनेतालाई विलासी घरसँग कुनै लगाव छैन र आज पनि उनी मुम्बईको १ बीएचके फ्ल्याटमा बस्छन् ।

सलमान खान आज हिन्दी सिनेमाका ठूला स्टार मध्ये एक हुन् । कलाकारको स्वदेशमा मात्रै होइन विदेशमा पनि ठूलो फ्यान फलोइङ छ । सलमान खानका फिल्महरू हेरेर मानिसहरूलाई लाग्छ कि उनी एकदमै भव्य जीवनशैली बिताउँछन् तर अभिनेता लक्जरी लाइफबाट टाढा रहन्छन् ।

रियल लाइफमा सलमान खान सिम्पल रहन रुचाउँछन् । त्यही भएर उनी वर्षौंदेखि विलासी घरमा होइन ग्यालेक्सी अपार्टमेन्टको सानो फ्ल्याटमा बस्दै आएका छन् ।

सलमान खान एक पटक कमेडियन कपिल शर्माको शोमा पुगेका थिए र उनले यो फ्ल्याटमा बस्नुको कारण पनि खुलासा गरेका थिए । सलमान खानले भनेका थिए, ‘म सधैं आफ्नो परिवारसँग बिताउन चाहन्छु र त्यही घरमा बसेर परिवारसँग छु । त्यसैले म ठूलो घरको लागि खर्च गर्न चाहन्न ।’

सलमान खान सधैं पारिवारिक मान्छे हुन् र उनी आफ्ना आमाबाबु, भाइबहिनी र परिवारका सदस्यहरूबाट घेरिन मन पराउँछन् । बान्द्राको ग्यालेक्सी अपार्टमेन्ट त्यो ठाउँ हो जहाँ उनी हुर्किए र उनीसँग यस ठाउँको धेरै मनमोहक सम्झनाहरू छन् । उनका बाबुआमा अपार्टमेन्टको पहिलो तल्लामा बस्छन् भने सलमान भुईं फ्लोरमा बस्छन्, जुन एउटा साधारण एक बेडरूमको ठाउँ हो ।