१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले भिडियो कल गरेर मन्धानालाई बधाई दिए



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) फ्रेन्चाइजीले आइतबार पहिलो लिग उपाधि जितेर इतिहास रच्यो । सन् २००८ मा लिग क्रिकेट खेल्न थालेको आरसीबीले १६ वर्षपछि महिला टोलीसँग सफलता हात पारेको हो ।

वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को फाइनलमा दिल्ली क्यापिटल्स (डीसी)लाई पराजित गर्दै आरसीबीले उपाधि जितेको हो ।

पुरुष टिमका पूर्व कप्तान विराट कोहलीले आरसीबीको जितमा महिला टिमकी कप्तान स्मृति मन्धानालाई बधाई दिएका छन् । फाइनल सकिएपछि उनले भिडियो कल गरेर मन्धनासहित सम्पूर्ण टिमलाई बधाई दिए ।

खेल सकिएपछि पत्रकार सम्मेलनमा मन्धनाले भनिन्, ‘भिडियो कलमा मैले विराटको शब्द राम्ररी सुन्न सकिनँ । रंगशालामा धेरै कोलाहल थियो तर उनको अनुहारमा खुशी थियो । यो देखेर मलाई राम्रो लाग्यो । पछिल्लो सिजन खराब भएपछि उनले सम्पूर्ण टोलीसँग कुरा गरे र हामीलाई विश्वास दिलाए । म बैंगलोर पुगेपछि पक्कै पनि उहाँसँग कुरा गर्नेछु ।’