२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

अब तपाईको अनुहार पनि चम्किलो हुनेछ, यस्ता रहेका छन् १४ उपायहरु

अब तपाईको अनुहार पनि चम्किलो हुनेछ, यस्ता रहेका छन् १४ उपायहरु
अ अ+ अ-

काठमाडौं । सबैलाई अनुहार सफा र चम्किलो बनाउन मन पर्छ । तर दिनभरिको दौडधुपले हाम्रो मुहारको चमक हराउछ । अफिसको कामको थकानले गर्दा पनि अनुहार कालो देखिने गर्छ । हामी सबैको दैनिक समस्या हो । हामी अनुहार चम्किलो बनाउनको लागि के गर्दा हुन्छ भनेर जहिले केही न केही सर्च गरेर हेर्छौ या आफ्नो साथिसँग सोध्ने गर्छौ । चर्को घाममा पनि हाम्रो छालाको रङ फिक्का भइदिन्छ । तर अब घरेलु उपायबाट नै चम्किलो बनाउन सक्छौ । यो हाम्रो लागि सुर्वण अवसर हुनसक्छ । आफ्नै घरमा भएका सामानहरुले अनुहारको चमकलाई सधै भरि उज्यालो बनाइ रहन्छ । यस्तो रहेको छ अनुहार चम्किलो बनाउने टिप्सहरु 

१) काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।

२) नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।

३) एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।

४) टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो ।

५) काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६) चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

७) कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

८) एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर फिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदाँ गर्छ ।

९) दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

१०) एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ ।

११) छाला अति नै चिल्लो छ र मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन ।

१२) छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस् । चिल्लोपना नियन्त्रणमा आउँछ । कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदाँ हुन्छ । एजेन्सीको सहयोगमा