१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

प्रतिनिधिसभा विघटन विरुद्ध हातमा साङलो बाँधेर स्रष्टाहरुको प्रदर्शन (भिडियोसहित)

प्रतिनिधिसभा विघटन विरुद्ध हातमा साङलो बाँधेर स्रष्टाहरुको प्रदर्शन (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन गरेका हुन् । 

“सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको  पक्षमा स्रष्टा आन्दोलनको ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डप देखि बसन्तपुरसम्म र्याली निकालेका छन् । ब्यानर भन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर…लेखिएको प्लेकार्ड टाँसेर हातमा साङलो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए । 

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमन विरुद्ध हातमा साङलो बाँधेर प्रर्दशनमा उत्रिएका हुन् ।
बषन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । 

कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए । त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्र्दभले गीत गाएर प्रतिगमनको विरोध गर्नुभएको थियो । “हामी बस्ने घरलाई गोठ भनेर भत्कायौ, सरकार लाग्यो हाम्रो निम्ति न्याय मर्यो ।……”, “पड्कीन्छ बारुद आगोको झिल्को नगर फुस्रु फुस्रु…”

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अंहको चाडै ठेगान लाग्ने विश्वास आफुले लिएको भन्दै सबैलाई एकवद्ध हुन आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो “सडक संघर्षमा हामी अघि बढीरहेका छौं । निरंकुश सत्ता सासन र प्रधानमन्त्रीको अंहको चाडै ठेगान लाग्ने छ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त ? यो भाषा कसले सिकायो हामीलाई ? उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठिक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले हो । ”

यो साझा मुद्दा भएकाले पक्ष÷विपक्ष र प्रतिगमन हो÷होइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । साझा फोरमका सम्बन्धमा स्रष्टाहरुले जिज्ञासा राख्ने गरेको भन्दै उहाँले भन्नुयो “ यो त साईलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।”

स्रष्टाहरुको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईटेल, दयाहाङ राई आहुति, निनु चापागाई, विमला राई लगायतको उपस्थिति थियो ।