५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको राष्ट्रपतिमा पाँचौं पटक पुटिन निर्वाचित



अ+ अ-

काठमाडौं । रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ ।

जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् । उनी जोसेफ स्टालिनपछि रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् ।

पुटिन ३ दशकदेखि शक्तिमा छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।