६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको राष्ट्रपतिमा पाँचौं पटक पुटिन निर्वाचित



अ+ अ-

काठमाडौं । रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ ।

जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् । उनी जोसेफ स्टालिनपछि रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् ।

पुटिन ३ दशकदेखि शक्तिमा छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।