७ भाद्र २०८३, आईतवार
,
Latest
बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड बारामा हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण ‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलमाथि रोमाञ्चक जित निकाल्दै म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलविरुद्ध ४–३ गोलको रोमाञ्चक जित निकाल्दै युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको १० औं मिनेटमा स्कट म्याकटोमीनेले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–१ गोलले अघि बढाए । ८७ औं मिनेटमा एन्टोनीले गोल गरेपछि युनाइटेड २–२ को बराबरीमा आयो । त्यसपछि निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

१०५ औं मिनेटमा हार्भी इलिओटले गोल गर्दै लिभरपुललाई ३–२ ले अघि बढाए । तर, ११२ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३–३ गोलको बराबरीमा ल्याए ।

यता, अन्तिम समयमा अर्थात् १२०+१ औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाए । अब युनाइटेडले सेमिफाइनलमा कोभन्ट्रीसँग प्रतिस्पर्धा गर्नेछ ।