१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ !

घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ  !
अ अ+ अ-

काठमाडौ। बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ । बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो ।

महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको वलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत नारा लगाईएको थियो ।

मार्चमा  “बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाईन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ?  घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदैछ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौँ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो ।


महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पुर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो ।

 

बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शब बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शब यात्रा गरिएको आयोजकले जनाएका छन् ।त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च  पनि गरिएको थियो ।

मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक प्रर्दशन गरेका थिए । महिलामार्च पछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

अभियन्ता प्रणिता कोयुले पारिजातको ‘मानुषी’ शीर्षकको कविता बाचन गर्नुभएको थियो भने अधिकारकर्मी हिमा विष्टले शिहदरबार प्रति आक्रोश ब्यक्त गर्दे बैदेशिक रोजगारीका सरकारले हालै जारी गरेको निर्देशिका प्रति प्रश्न गर्नुभयो भोलि बच्चा जन्माउन पनि त्यही वडाको सिफारिस चाहिने होला होइन ? पितृसत्तात्मक सोच भएका बुढा नेताहरू सत्तामा गएको हुनाले निर्मलाहरूले न्याए नपाएको बताउनु भएको थियो उहाले भन्नुभयो ‘निर्मला सम्झना सबै हामी हौं । भागिरथ पनि हामी हौं । पटक–पटक हाम्रो बलात्कार हुन्छ । तिनै मान्छे आज सत्तामा छन् । उनीहरूलाई केही फरक पर्दैन । सत्तामा जानका लागि भोट हाम्रै चाहिन्छ,’  


अभियन्ता रजनी मिलाले महिला राष्ट्रपति हुदा पनि  महिला माथीको हिसा  टुलुटुलु हेरेर बसिरहेको आरोप  लगाउनु भयो ।उहाले भन्नुभयो महिला भएर महिलको बारेमा नबोल्ने हो भने राष्ट्रपति बाट राजिनमा दिएहुन्छ ।  लेखक तथा महिला अभियन्ता अर्चना थापाले  संञ्चार माध्यमहरु पनि महिला मैत्री नभएको टिप्पणी गर्नुभयो ।  उहाले भन्नुभयो बलत्कारको समाचार किन महिलाको स्केच कमजोर पात्रका रुपमा बनाईन्छ । राजनीतिक रुपमा बलत्कार शब्दको प्रयोग प्रति आपत्ति जनाउदै उहाले भन्नुभयो के लोकतन्त्र महिला हो ?


राष्ट्रिय मानब अधिकार आयोका पूर्ब सदस्य एबं अधिकारकर्मी मोहना अन्सारीले टाडाको आबाज शिहदरबारले नसुनेको कारण छेवैमा आएको बताउनु भयो । उहाले गृहमन्त्री र प्रहरी महानिरिक्षक  लगायतका अधिकारीहरले  निर्मला पन्तको बलात्कारीलाई कारबाही गर्ने वचन दिएर पनि आज सम्म उभ्याउन नसकेको भन्दै आक्रोश पोख्नुभयो  ।