• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी

चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश



इङलिस प्रिमियर लिगमा यस वर्ष औसत प्रदर्शन गरिरहेको चेल्सीले एफए कप प्रतियोगितामा भने सुदृढ प्रदर्शन गरिरहेको छ । आइतबार भएको खेलमा आठ पटकको च्याम्पियन चेल्सीले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमै दुई गोल गरेको चेल्सीले खेल सहजै जित्ने अनुमान गरिए पनि लेस्टरले सुन्दर पुनरागमन गरेको थियो । चेल्सीका लागि मार्क कुकुरेलाले १३औं तथा कोल पाल्मरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

तर त्यसपछि चेल्सीमाथि लेस्टरले निरन्तर दबाब बनाएको थियो । यही क्रममा चेल्सीका एक्सेल डिसासीले ५१औं मिनेटमा आत्मघाती गोल गरेका थिए । लगत्तै ६२औं मिनेटमा स्टेफी माभिडीडीले डिबक्स नजिकबाट सुन्दर गोल गरेर खेललाई रोमाञ्चक स्थितिमा ल्याएका थिए ।

यसअघि चेल्सीले पनि लेस्टरका पोस्टमा गोल गर्ने सुन्दर अवसर पाएको थियो । एउटा पेनाल्टी पाए पनि चेल्सीको फर्वार्ड रहिम स्टर्लिङले गोल गर्न सकेका थिएनन् । आज उनले केही राम्रा अवसर र मुभ बनाए पनि गोल गर्न चुकेका थिए ।
तर खेल बराबरीतर्फ अगाडि बढिरहेकै अवस्थामा दोस्रो हाफको ९२औं मिनेटमा कार्ने चुकुमेका र ९८औं मिनेटमा नोनी माडुएकाले चेल्सीका लागि गोल गरेका थिए ।

एफए कप बेलायतको निकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता हो । विश्वमै पहिलो मानिएको यो प्रतियोगिता १५३ वर्षअघि सन् १८७१–७२ देखि सुरु भएको हो । यस प्रतियोगिताको विजयी टिम युरोपा लिगका लागि स्वत: छनौट हुने गर्दछ ।

गत सिजन यो प्रतियोगिता म्यान्चेस्टर सिटीले जितेको थियो । र कूल सात पटक उपाधि चुमिसकेको सिटी यो सिजनमा पनि न्यूक्यासल युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै राति अर्को क्वार्टरफाइनल खेल म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीच हुँदैछ । पहिलो हाफमा लिभरपुल २–१ गोलले अघि रहेको छ ।