२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश



अ+ अ-

इङलिस प्रिमियर लिगमा यस वर्ष औसत प्रदर्शन गरिरहेको चेल्सीले एफए कप प्रतियोगितामा भने सुदृढ प्रदर्शन गरिरहेको छ । आइतबार भएको खेलमा आठ पटकको च्याम्पियन चेल्सीले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमै दुई गोल गरेको चेल्सीले खेल सहजै जित्ने अनुमान गरिए पनि लेस्टरले सुन्दर पुनरागमन गरेको थियो । चेल्सीका लागि मार्क कुकुरेलाले १३औं तथा कोल पाल्मरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

तर त्यसपछि चेल्सीमाथि लेस्टरले निरन्तर दबाब बनाएको थियो । यही क्रममा चेल्सीका एक्सेल डिसासीले ५१औं मिनेटमा आत्मघाती गोल गरेका थिए । लगत्तै ६२औं मिनेटमा स्टेफी माभिडीडीले डिबक्स नजिकबाट सुन्दर गोल गरेर खेललाई रोमाञ्चक स्थितिमा ल्याएका थिए ।

यसअघि चेल्सीले पनि लेस्टरका पोस्टमा गोल गर्ने सुन्दर अवसर पाएको थियो । एउटा पेनाल्टी पाए पनि चेल्सीको फर्वार्ड रहिम स्टर्लिङले गोल गर्न सकेका थिएनन् । आज उनले केही राम्रा अवसर र मुभ बनाए पनि गोल गर्न चुकेका थिए ।
तर खेल बराबरीतर्फ अगाडि बढिरहेकै अवस्थामा दोस्रो हाफको ९२औं मिनेटमा कार्ने चुकुमेका र ९८औं मिनेटमा नोनी माडुएकाले चेल्सीका लागि गोल गरेका थिए ।

एफए कप बेलायतको निकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता हो । विश्वमै पहिलो मानिएको यो प्रतियोगिता १५३ वर्षअघि सन् १८७१–७२ देखि सुरु भएको हो । यस प्रतियोगिताको विजयी टिम युरोपा लिगका लागि स्वत: छनौट हुने गर्दछ ।

गत सिजन यो प्रतियोगिता म्यान्चेस्टर सिटीले जितेको थियो । र कूल सात पटक उपाधि चुमिसकेको सिटी यो सिजनमा पनि न्यूक्यासल युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै राति अर्को क्वार्टरफाइनल खेल म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीच हुँदैछ । पहिलो हाफमा लिभरपुल २–१ गोलले अघि रहेको छ ।