१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

टोकियो ओलम्पिक कमिटि नेतृत्व चयनको लफडामा, जुलाइमा ओलम्पिक सम्पन्न हुनेमा संसय उत्पन्न

टोकियो ओलम्पिक कमिटि नेतृत्व चयनको लफडामा, जुलाइमा ओलम्पिक सम्पन्न हुनेमा संसय उत्पन्न
अ अ+ अ-

जापान  ।अन्तराष्ट्रिय ओलम्पिक कमिटिले चासो राखे पछी रोकिएको टोकियो ओलम्पिक कमिटिको अध्यक्ष चयन प्रकृयालाई सूचारु गर्न छनोट समितिको गठन गरिने भएको छ । महिलाहरु माथि गरेको टिप्पणीका कारण बिबादित बनेका टोकियो ओलम्पिक कमिटिका अध्यक्ष मोरीले हिजो बोर्ड  बैठकमा राजीनामा दिएका थिए । 
आफुले राजीनामा दिनु अघि बोर्ड मेम्बर खावाबुचीलाई अध्यक्षको जिम्मेवारी दिने तयारीमा रहे पनि टोकियो ओलम्पिक कमिटिका सदस्य सहित अन्तरराष्ट्रिय ओलम्पिक कमिटिले समेत ‘अपार्दर्शी छनोट प्रकृया’ भने पछि मोरी पछि हटेका थिए ।
‘महिला सदस्य भएका कमिटिमा समय लाग्ने’ प्रतिकृया दिए पछी टोकियो ओलम्पिक कमिटिका  अध्यक्ष मोरीले राजीनामा दिएका थिए । ओलम्पिक आउन ५ महिना मात्रै बाँकी छंदा टोकियो ओलम्पिक कमिटि नेतृत्व छान्नु पर्ने लफडामा फसेको छ । 
राजीनामा दिनु अघि बोर्ड सदस्यहरु सँग छलफल गरेर आफ्नो उत्तराधिकारी छान्नु पर्ने भएपनि मोरीले सामान्य छलफल समेत नगरि अपार्दरशी ढंगले खावाबुचीको नाम अघि सारेको भन्दै आलोचना भैरहेको निक्केइ पत्रिकाले छापेको छ ।
यता, सरकारी संचार सस्था एनएचकेले ७४० जना भोलिएन्टरहरुले राजीनामा दिएको भन्दै ‘ओलम्पिक सम्पन्न गर्न सकिन्छ’ भन्ने विश्वाश पुनस् स्थापित गर्न हतार गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरेको छ । 
ओलम्पिकको तयारीमा जुट्नु पर्ने बेला ओलम्पिक कमिटि नेतृत्व छनोटमा अल्झिनु राम्रो संकेत नभएको भन्दै छिटो  नेतृत्व चयन गरी तयारीलाई तीब्र पार्नु पर्ने आवश्यकता रहेको जापानका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।