१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिक कमिटि नेतृत्व चयनको लफडामा, जुलाइमा ओलम्पिक सम्पन्न हुनेमा संसय उत्पन्न



अ+ अ-

जापान  ।अन्तराष्ट्रिय ओलम्पिक कमिटिले चासो राखे पछी रोकिएको टोकियो ओलम्पिक कमिटिको अध्यक्ष चयन प्रकृयालाई सूचारु गर्न छनोट समितिको गठन गरिने भएको छ । महिलाहरु माथि गरेको टिप्पणीका कारण बिबादित बनेका टोकियो ओलम्पिक कमिटिका अध्यक्ष मोरीले हिजो बोर्ड  बैठकमा राजीनामा दिएका थिए । 
आफुले राजीनामा दिनु अघि बोर्ड मेम्बर खावाबुचीलाई अध्यक्षको जिम्मेवारी दिने तयारीमा रहे पनि टोकियो ओलम्पिक कमिटिका सदस्य सहित अन्तरराष्ट्रिय ओलम्पिक कमिटिले समेत ‘अपार्दर्शी छनोट प्रकृया’ भने पछि मोरी पछि हटेका थिए ।
‘महिला सदस्य भएका कमिटिमा समय लाग्ने’ प्रतिकृया दिए पछी टोकियो ओलम्पिक कमिटिका  अध्यक्ष मोरीले राजीनामा दिएका थिए । ओलम्पिक आउन ५ महिना मात्रै बाँकी छंदा टोकियो ओलम्पिक कमिटि नेतृत्व छान्नु पर्ने लफडामा फसेको छ । 
राजीनामा दिनु अघि बोर्ड सदस्यहरु सँग छलफल गरेर आफ्नो उत्तराधिकारी छान्नु पर्ने भएपनि मोरीले सामान्य छलफल समेत नगरि अपार्दरशी ढंगले खावाबुचीको नाम अघि सारेको भन्दै आलोचना भैरहेको निक्केइ पत्रिकाले छापेको छ ।
यता, सरकारी संचार सस्था एनएचकेले ७४० जना भोलिएन्टरहरुले राजीनामा दिएको भन्दै ‘ओलम्पिक सम्पन्न गर्न सकिन्छ’ भन्ने विश्वाश पुनस् स्थापित गर्न हतार गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरेको छ । 
ओलम्पिकको तयारीमा जुट्नु पर्ने बेला ओलम्पिक कमिटि नेतृत्व छनोटमा अल्झिनु राम्रो संकेत नभएको भन्दै छिटो  नेतृत्व चयन गरी तयारीलाई तीब्र पार्नु पर्ने आवश्यकता रहेको जापानका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।