१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

नेसपाले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई जिम्मेवारी मुक्त गर्ने

नेसपाले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई जिम्मेवारी मुक्त गर्ने
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने विषयमा छलफल भएको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरुले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धतीलाई छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताउनु भयो ।

उहाँले भोलि(सोमवार) बस्ने पार्टीको केन्द्रिय समितिको बैठकले आवश्यक निर्णय गर्ने बताउनु भयो । केन्द्रिय कार्यकारिणी समिति बैठकले भने ति नेताहरुलाई जिम्मेवारीमुक्त गर्ने एजेण्डा भोलि बस्ने केन्द्रिय समितिको बैठकमा लैजानेगरी पारित गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै अग्रगामी राजनीतिक शक्तिहरुसँग एकता र ध्रुविकरणको प्रक्रिया भने जारी रहने उहाँले बताउनु भयो । बैठकले पार्टीको महाधिवेशन गर्ने र संगठनलाई सुदृढ गर्ने विषयमा पनि छलफल गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीबाट केही साथीहरुले पार्टी एकताको लागि एउटा वक्तव्य जारी गर्नुभएको छ । त्यो हाम्रो पार्टीको निर्णय विपरित हो । पार्टीको बैठकको आयोजना गर्ने, तर बैठकमा त्यो प्रश्ताव नराख्ने । र पार्टीका केन्द्रिय अध्यक्षलाई कुनै जानकारी नदिने । र पार्टीको विधि, पद्धती र संगठनात्मक सिद्धान्तलाई छलेर उहाँहरुले जुनखालको काम, कारबाही गर्नुभयो र संगठन र पार्टीबाट स्वघोषित ढंगले बर्हिगमन हुनुभयो । पलायन हुनुभयो । उहाँहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने भनेर भोलिको बैठकमा प्रस्ताव लैजादैँ छौँ ।

हाम्रो पार्टी अग्रगामी राजनीतिक शक्तिहरुको नेतृत्व गरेर देशलाई वैकल्पिक समाजवादी ध्रुविकरणको दिशातिर लैजाने पार्टी हो । यसले हिजोका जनआन्दोलन, जनयुद्ध र विभिन्न विद्रोहहरुबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा र जगेर्ना गर्दै बाँकी कार्यभारहरु, संविधानबाट संविधान बन्दा पनि यो आधा गिलास भरि र आधा गिलास खालि जुन हामीले भनेका थियौँ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा देशलाई लैजान संविधानलाई संशोधन गर्ने, संक्रमणकालीन न्यायका बाँकी रहेका मुद्दाहरुलाई सम्बोधन गरेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र देशमा सुशासन, विकास र समृद्धिका कार्ययोजना लागु गरेर सामाजिक, आर्थिक रुपान्तरण गर्ने अग्रगामी कार्यभारहरु पुरा गर्नका लागि हामी हामीले अग्रगामी राजनीतिक शक्तिहरुसँग एकता र ध्रुविकरणको प्रक्रियालाई पनि अगाडी बढाउने र यसलाई निरन्तरता दिने ।

त्यसका साथसाथै पार्टीलाई महाधिवेशनमा लैजाने, महाधिवेशनमा जानुभन्दा पहिला पार्टीको प्रदेश र स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने, महाधिवेशन प्रत्यक्ष निर्वाचित प्रणालीबाट नेतृत्व चयन गर्ने र संगठनात्मक रुपले पनि लोकतान्त्रिक विधि, पद्धतिको उच्चतम अभ्यास गरेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भन्ने हाम्रो छलफल केन्द्रित भयो ।’

उहाँले आगामी महाधिवेशन गर्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने पनि बताउनु भयो । उहाँले पार्टी संगठनलाई सुदृढ गर्ने सन्दर्भमा केन्द्रीय समिति बैठकले कार्ययोजना तय गर्ने जानकारी दिनुभयो ।