• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त समूह शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६२, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव १६, लगानी शून्य दशमलव ५९ र जीवन बीमा शून्य दशमलव १९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त समूह शून्य दशमलव ०३, म्युचुअल फन्ड शून्य दशमलव ४०, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव ४३ र अन्य समूह एक दशमलव ०६ प्रतिशतले घटेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४१ करोड ६४ लाख १७ हजार छ सय ८० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सात लाख ४७ हजार आठ सय ७७ कित्ता शेयर किनबेच भएको छ ।