३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिदका रगतबाट ल्याएको लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठान्नु उनीहरुको भ्रम हो : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकास तर्फ लैजाने ऐतिहासिक पहलकदमी माथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको छ । 

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको हो । उहाँले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी दिनुभयो । उहाँले सहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी नै दिनुभयो ।

उहाँले भन्नुभयो “युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौ । शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण गर्यौ । संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यौ । संघीय लोकतान्त्रिक गणतन्त्रभित्र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा राजनीतिक स्थायित्व र विकास तर्फ लैजाने जमर्को गर्यौ तर अहिले त्यही त्यही ऐतिहासिक पहलकदमीमाथि प्रहार भएको छ दक्षिणपन्थी कित्ताबाट । प्रतिक्रान्तिकारी कित्ताबाट ।…. केपी ओलीहरुले ती हजारौ सहीदहरु मरे भन्ने सोचेका छन् भने त्यो भ्रम हुनेछ । केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठानेका छन् भने उनीहरु साह्रै ठूलो भ्रममा छन् । उनी छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु । होइन भने कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र यो परिर्वतनलाई रोक्न खोज्नेका विरुद्ध धावा बोल्नेछन् । ”

सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका सहिदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने माक्र्सले भन्ने गरेको स्मरण गर्दै उहाँले अन्तत नयाँ पीडीहरु सहीदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने बताउनुभयो ।  

उहाँले सबै जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिवद्धता जनाउनुभयो । आफु पहिलो चोटी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतिकका रुपमा सहिद की आमालाई सम्मान गरिएको थियो । जनयुद्ध दिवसको अवसरमा प्रचण्ड माधव समूहले मुलुकभर नै सहिद र उनका परिवारको सम्मानमा कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो ।