१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह प्रस्ताव नमानेपछि युवतीको हत्या, एकजना पक्राउ



अ+ अ-

काठमाडौं। प्रहरीले युवतीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका– ३ तारेभिरकी १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा प्रहरीले २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो ।

बुढानिलकण्ठ माविमा कक्षा १२ मा अध्ययनरत सुष्माको शव शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । उनी माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । सम्पर्कबिहीन भएपछि उनको परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रेमको कारण हत्या गरिएको खुलेको अनुसन्धानमा खटिएका प्रहरीले बताए । रुपेन्द्रले पटक पटक विवाह प्रस्ताव गरेको र सुस्माले अस्वीकार गर्दै आएकी पाईएको छ । मृतक युवतीको भित्र घाँटीभन्दा तलसम्म माटो भएका कारण उनलाई जिउँदै गाडिएको प्रहरीको आशंका छ।

घटनापछि रुपेन्द्रले सुस्माको मोबाइल र पुस्तकहरू लिएर आफ्नै घर गएका र विवाह गरेर भागेजस्तो देखाउन एउटा नव विवाहित दम्पत्तीको तस्बिर एडिट गरेर सुस्माको फेसबुकमा पोस्ट गरेको प्रहरीले बताएको छ । उनले सुस्माको फेसबुक अकाउन्टमा आफूले विवाह गरेको र केही दिनपछि आउने समेत लेखेका थिए ।