१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीको बयान लिइँदै



file photo
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति तथा सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।

गृहमन्त्री रवि लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । आज आइतबार गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बैठक बसेको थियो ।

सोही निर्देशन बमोजिम सांसद विनोद चौधरीको पनि सीआईबीले बयान लिने स्रोत बताउँछ । यस्तै, बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले माघ २८ मा बाँसबारी जग्गा प्रकरणमा सांसद चौधरीलाई किन बयान नलिएको भनि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका थिए ।

उक्त प्रकरणमा अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनि प्रश्न गरेका थिए । हाल लामिछाने आफैँ गृहमन्त्री छन् ।