१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

केकेआरको कप्तानी श्रेयस अय्यरले गर्ने, नितिश राणा उपकप्तान



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सको कप्तान श्रेयस अय्यर र गत सिजन टोलीको नेतृत्व गरेका नितिश राणा उपकप्तान हुने भएका छन् । केकेआरका सीईओ भेन्की मैसूरले अय्यर फर्किएको घोषणा गरेका हुन् । उनले नितिश उपकप्तान रहने बताए ।

रणजी फाइनलको पाँचौं दिनमा विदर्भको दोस्रो इनिङ्समा अय्यरले मुम्बईका लागि फिल्डिङ गरेनन् । यसपछि उनी आईपीएलका प्रारम्भिक खेलबाट बाहिरिने आशंका गरिएको थियो । श्रेयस अय्यर पूर्णतया फिट रहेको र पहिलो खेलबाट कप्तानी गर्ने बताइएको छ ।

उनले रणजी फाइनलको अन्तिम दिन सावधानीका रुपमा फिल्डिङ गरेनन् । उनी छिट्टै टोलीमा आउनेछन् ।

रणजी फाइनलमा विदर्भविरुद्धको दोस्रो इनिङ्समा श्रेयस अय्यरले १११ बलमा ९५ रनको इनिङ खेलेका थिए । तर, उनले पहिलो इनिङ्समा ७ रन मात्रै बनाउन सकेका थिए ।

श्रेयस अय्यर गत वर्ष आईपीएलको सम्पूर्ण सिजन बाहिर थिए । गत वर्षको सुरुमा अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजको अन्तिम खेलमा उनी घाइते भएका थिए । यही कारण केकेआरले नितिश राणालाई कप्तान बनाएको थियो । गत वर्ष जुन ७ मा इंग्ल्याण्डमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि उनी उपलब्ध थिएनन् ।