१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभा बैठक सकिएको छ ।

बैठकले अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । सांसद शर्मा २०७९ सालको निर्वाचन समानुपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।

२०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा सुरू गरेकी ६० वर्षीया मञ्जुको आज बिहान काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत्र ५ गते (भोलि) बिहान ११ बजे बस्नेछ ।