१ असार २०८३, सोमबार
,
Latest
मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू बन्ने अभियान नछाडेका कारण नेकपामा संकट आयो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बन्ने अभियान नछाडेका कारण नेकपामा संकट आएको बताएका छन् । शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले तीन वर्षअघि तत्कालिन एमाले र माओवादी मिलाएर पार्टी एकता गरे पनि आफू बन्ने अभियान नछाडेका कारण नेकपामा संकट आएको बताएका हुन् ।

उनले पार्टी नफुटेको र जस्ताको तस्तै पनि नरहेको बताएका हुन् ।

‘पार्टी फुटेको छैन भन्ने कुरा तपाईंहरुको यो उपस्थितिले देखाएको छ, पार्टी फुटेको पनि छैन, जस्ताको तस्तै पनि छैन’, उनले भने’, पार्टीबाट उद्देश्य नमिलेका, समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरु बाहिरिएका छन्।’

प्रचण्ड नेपाल समुहलाई लक्षित गर्दै ओलीले सभा कस्तो हुन्छ भन्ने कुरा हेर्न लुम्बिनी आउन आग्रह गरेका छन्।