• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

ला लिगाः रियल मड्रिड उपाधि नजिक



एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा ओसासुनालाई उसकै मैदानमा ४–२ गोलले पराजित गर्दै रियल कीर्तिमानी ३६ औं पटक उपाधि नजिक पुगेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनिअरले २ तथा डानी कार्भाहाल र ब्राहिम डियाजले १–१ गोल गरे । ओसासुनाका आन्टे बुडिमिर र इकेर मुनोजले १–१ गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

रियलले दोस्रो स्थानको जिरोनासँग १० अंकको अग्रता बनाएको छ । रियलको २९ खेलबाट ७२ अंक छ । ओसासुना ३६ अंकका साथ ११ औं स्थानमा छ ।

रियल २२ खेलमा अपराजित रहेको छ ।