११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टेले टोकेर मान्छे मर्न दिँदैनौँ : प्रधानमन्त्री ओली



अ+ अ-

बुटवल । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली नागरिकले लामखुट्टेको टोकाइबाट अकाल्मै ज्यान गुमाउन नपर्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित आफू पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले लामखुट्टेको टोकाइबाट कुनै पनि मानिसलाई मर्न नदिइ सरकारले झुलको व्यवस्था गर्ने बताएका हुन् ।

 'लामखुट्टेले टोकेर कोही पनि मानिसलाई मर्न दिँदैनौँ, झुलको व्यवस्था गर्छौँ', उनले भने, 'सुन्दा सानो कुरा लाग्न सक्छ। तर यो नागरिकको जीवनसँग जोडिएको महत्वपूर्ण कुरा हो।'

उनले कोहि नागरिक पनि सडकमा अलपत्र हुनुपर्ने अवस्था नआउने बताउदै सरकारले हेर्ने बताएका हुन् । 

 'हामी नागरिकलाई भोकै मर्न दिँदैनौँ, सडकमा भिख माग्नेहरू रहन दिँदैनौँ', उनले भने, 'जाडो र चिसोले मानिसलाई मर्न दिँदैनौँ। हामी पहाडमा ज्याकेट बाँड्छौँ, तराईमा कम्बल बाँडछौं।'