३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउँछुः मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताउनुभएको छ ।

आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन अवसरमा शनिवार मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रश्तावमा काम गर्ने बताउनुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दुई महिना अगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्पmत प्रश्ताव ल्याउनुभएको थियो । सोही प्रश्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गर्नुभयो । यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने खुलाउनु भएन ।