१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने



अ+ अ-

काठमाडौं । फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।

एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’जस्ता चलचित्रहरू वितरणको अनुभव लिएको कम्पनी हो । यो कम्पनीले पर्सेप्ट पिक्चर कम्पनी र भारतका अन्य प्रमुख प्रोडक्सन हाउसहरूमा काम गर्दै आएको छ ।

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा चलचित्र वितरण गर्छन् । रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको छ छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए ।

यो चलचित्र नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शनको नजिक छ ।

प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दोस्रो साताको शनिवारका प्रायः हलमा दर्शकको चाप देखिएको निर्देशक अर्जुन सुवेदीले बताए ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।