१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन

युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
अ अ+ अ-

द हेग। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित शीर्ष युरोपेली अधिकारीहरू मङ्गलबार युक्रेनमा रूसी आक्रमणको असरको क्षतिपूर्तिका लागि दसौँ अर्ब युरोको अन्तिम निर्णय गर्न अन्तर्राष्ट्रिय निकाय गठन गर्न सहमत भएका छन्।

युक्रेनका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति दावी आयोग नाम दिइएको उक्त समितिमा रहन ३५ देशहरू हस्ताक्षर गरेका छन् । आयोगले क्षतिपूर्तिको लागि दाबीहरूको मूल्याङ्कन र भुक्तान गरिने कुनै पनि रकमसहितको निर्णय गर्नेछ ।

“मानिसहरूले युद्धबाट भएको कुनै पनि प्रकारको क्षतिको क्षतिपूर्ति गर्न सकिन्छ भन्ने महसुस गर्न सकून् भन्ने उद्देश्यसाथ नयाँ आयोगको गठनसँगै क्षतिपूर्तिको लागि हरेक संयन्त्र सुरु हुनेछ र यसबाट बलियो र पर्याप्त अन्तर्राष्ट्रिय समर्थन प्राप्त हुनेछ ।

“अरू मुलुकले आक्रामकता रोज्न नसिक्न यो युद्ध र यसका लागि रूसको जिम्मेवारी एक स्पष्ट उदाहरण बन्नुपर्छ,” राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो ।

आयोगको स्थापना तथाकथित ‘क्षतिको दावी’ पछि भएको छ र यसले पहिले नै व्यक्ति वा सङ्गठनहरूबाट क्षतिपूर्तिको लागि ८० हजारभन्दा बढी दावीहरू प्राप्त गरिसकेको छ।

यससँगै तेस्रो चरणको क्षतिपूर्ति कोष स्थापना हुनेछ तर प्रक्रियाको त्यो महत्वपूर्ण भागले व्यवहारमा कसरी काम गर्छ यो स्पष्ट हुनसकेको छैन ।

क्षतिपूर्ति संयन्त्र (आयोग) का लागि स्ट्रासबर्गमा रहेको युरोपेली महाद्वीपमा मानव अधिकारको रक्षा गर्ने ४६ राष्ट्रहरूको समूह युरोपेली परिषद् (काउन्सिल अफ युरोप) को माध्यमबाट समन्वय भइरहेको छ ।

यस परिषद्का महासचिव एलेन बर्सेटले पत्रकारहरूसँग भन्नुभयो, “क्षतिपूर्ति कोषको स्थापना लगभग १२ देखि १८ महिनाको समयसीमाभित्र हुने अपेक्षा गरिएको छ। त्यसपछि कोष स्पष्ट रूपमा सञ्चालन भएपछि र क्षतिपूर्ति दावी गरिसकेपछि पीडितहरूलाई भुक्तानी हुनेछ।”

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले नयाँ आयोग हेगमा रहने घोषणा गर्नुभएको छ। इयूका विदेश नीति प्रमुख काजा कलासले क्षतिपूर्ति खोज्ने युक्रेनीहरूलाई सन्देश दिँदै भन्नुभयो, “हामीले तपाईहरूले दुःख भोगेका कुरा बिर्सेका छैनौँ । त्यसको सम्भावित सम्बोधनका लागि काम गरिरहेका छौँ र यो पछिल्लो प्रगति यसैको उदाहरण हो ।”

जवाफदेहिता र परिपूरण

मुख्य समस्या भनेको क्षतिपूर्तिको लागि नगद कसरी व्यवस्थापन गर्ने भन्ने हो । युरोपेली सङ्घका नेताहरू बिहीबारदेखि सुरु हुने शिखर सम्मेलनमा अनुमानित २०० अर्ब युरो (२३२ अर्ब डलर) बराबरको रोक्का गरिएको रूसी सम्पत्तिलाई के गर्ने भन्ने विषयमा सहमतिमा पुग्न दबाबमा रहेका छन् ।

उनीहरू किएभलाई ऋण दिने तरिकाहरू खोजिरहेका छन् । यसका लागि रोक्का गरिएको रूसी सम्पत्तिको प्रयोगका लागि इयुका धेरै सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । योजनालाई इयूको शक्तिशाली अर्थतनत्र जर्मनीसहित धेरै सदस्य राष्ट्रहरूको बलियो समर्थन छ तर बेल्जियमले भने यसको कडा विरोध गरेको छ।

यो देश अन्तर्राष्ट्रिय निक्षेप सङ्गठन ‘यूरोक्लियर’को भण्डारण क्षेत्र हो । यसमा अधिकांश रूसी सम्पत्ति छ ।सम्भावित कानुनी परिणामहरूको कारण अहिलेसम्म प्रस्तावलाई अस्वीकार गरेको छ। रुसको केन्द्रीय बैङ्कले गत हप्ता युरोक्लियरविरुद्ध मस्कोमा मुद्दा दायर गर्ने घोषणा गरेको थियो ।

“रोक्का गरिएको सम्पत्तिमाथिको बहस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको साथ आएको हो र यो बिषयमा हामी पहिलेभन्दा अहिले नजिक छौँ,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भन्नुभएको छ।

बर्लिनमा वरिष्ठ अमेरिकी अधिकारीहरूसँग दुई दिनको वार्तापछि जेलेन्स्कीले वार्ता ‘सजिलो नभएको’ तर यसले सुरक्षा सुनिश्चितताको प्रश्नमा ‘वास्तविक प्रगति’ ल्याएको बताउनुभयो ।

युरोपेली नेताहरूले सोमबार सम्भावित शान्ति सम्झौता कार्यान्वयन गर्न अमेरिकी समर्थनमा युरोपेली नेतृत्वको ‘बहुराष्ट्रिय शक्ति’ को प्रस्ताव गर्नुभएको छ ।(रासस/एएफपी)