१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री

नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको उल्लेख गर्दै नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता तथा भूमिकालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व ध्यान दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, “वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको छ, यस परिवेशमा नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता एवं भूमिकालाई प्रदर्शन गरेर सम्पूर्ण विश्वलाई रोग, तनाव, कलह एवं अशान्तिबाट मुक्त गर्नेजस्तो महत्वपूर्ण र मानवहितको कार्यमा भूमिका निर्वाह गर्न सक्दछ ।”

नेपालमा रहेको हिमालय पर्वत एवम् यहाँका अग्लाअग्ला टाकुरा, वनजङ्गल, नदीनाला, धार्मिक एवं सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थलले नेपाललाई विश्वमै एउटा अद्वितीय आरोग्य भूमिको रुपमा परिचित तथा स्थापित गरेको उहाँले उल्लेख गर्नुभएको छ । नेपाल परापूर्वकालदेखिनै योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना र आयुर्वेद, प्राकृतिक चिकित्सा एवं अन्य विकसित प्रकारका चिकित्सा प्रणालीको उद्गमस्थल रही आएको प्रधानमन्त्री कार्कीको भनाइ  छ ।

उहाँले भन्नुभएको छ, “सयुक्त राष्ट्रसङ्घले गत वर्ष डिसेम्बर २१ तारिखलाई अन्तरराष्ट्रिय ध्यान दिवस घोषणा गरिसकेको छ, यस वर्ष दोस्रो ध्यान दिवसको अवसरमा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा जीवन विज्ञान प्रतिष्ठानका श्रद्धेय गुरुद्वारा विशाल एवं भव्य कार्यक्रम गरी नेपालको आध्यात्मिक र चिकित्सकीय सम्पदाको बारेमा विश्वस्तरीय चिन्तन, बहस एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा म अत्यन्त हर्षित भएकी छु ।”

प्रधानमन्त्री कार्कीले जीवन विज्ञान प्रतिष्ठानले विगत डेढ दशकभन्दा बढी समयदेखि प्रत्येक नेपालीको घरघरमा र विश्वका सयभन्दा बढी देशमा आफ्नो सेवा पु¥याउँदै आएको अवगत गराउँदै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन गइरहेको कार्यक्रमले नेपाललाई विश्वको एक महत्वपूर्ण आरोग्य भूमिको रुपमा स्थापित गर्ने कुरामा विश्वस्त रहेको बताउनुभएको छ ।

“जीवन विज्ञानका श्रद्धेय गुरूद्वय एलपी भानु शर्मा र रमेश नेपाललाई कार्यक्रम सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र संयुक्त राष्ट्रसङ्घस्थित नेपालको स्थायी प्रतिनिधिलगायत आयोजकको भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू सबैलाई धन्यवाद व्यक्त गर्दछु”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।  रासस