१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह

अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह
अ अ+ अ-

फ्रान्स। एम्नेस्टी इन्टरनेसनलले पाकिस्तान, इरान र केही युरोपेली देशहरूले अफगानी शरणार्थीहरूलाई ‘गैरकानूनी’ रूपमा अफगानिस्तान फर्काउने काम भइरहेको बताउँदै शरणार्थीको फिर्ती रोक्न मङ्गलबार उनीरूलाई आग्रह गरेको छ।

संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि जर्जेट गाग्नोनले गत हप्ता न्यूयोर्कमा सुरक्षा परिषद्को संक्षिप्त जानकारीमा भन्नुभयो, “यस वर्ष अहिलेसम्म करिब २५ लाख अफगानीहरू देश फर्किएका छन् ।”

“यसले अफगानिस्तानको ‘छ प्रतिशत जनसङ्ख्या वृद्धि भएको’ र देशले पहिले नै सामना गरिरहेको आर्थिक, जलवायु र मानवीय सङ्कटहरूलाई जटिल बनाउँछ,” उहाँले भन्नुभयो ।

अफगानिस्तानको ‘गहिरिँदै गएको मानवीय सङ्कट’ लाई उद्धृत गर्दै एम्नेस्टीले ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ बढेको बताएको छ।

सङ्गठनले भनेको छ, “सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्दछ र कुनै पनि व्यक्तिलाई गम्भीर मानवअधिकार उल्लङ्घनको वास्तविक जोखिमको सामना गर्ने ठाउँमा जबरजस्ती फर्कन निषेध गर्दछ।”

दशकौँदेखिको लगातार युद्धका कारण अफगानिस्तानका पुस्ताहरू छिमेकी देश पाकिस्तान र इरानमा भागेका छन्, जसको अर्थ धेरै युवाहरू देशमा लामो समयदेखि बसेका छैनन्।

पाकिस्तान र इरानले हालैका वर्षहरूमा उनीहरूलाई देश छोड्न बाध्य पार्न विभिन्न आरोप उनीहरूलाई अफगानिस्तानतर्फ पठाउने काम भइरहेको छ । इस्लामावादले पाकिस्तानमा रहेका अफगानी शरणार्थी ‘आतङ्कवादी र अपराधी’ रहेको आरोप लगाएका छन् ।

एम्नेस्टीले ‘जर्मनी, अस्ट्रिया र युरोपेली सङ्घले जबरजस्ती फिर्तीका लागि वास्तविक तालिबान अधिकारीहरूसँग वार्ता गरिरहेका छन्’ भन्ने पनि बताएको छ ।

अफगानिस्तानमा आएका धेरै नयाँ आगन्तुकहरू देशमा बहिष्कृत भएका छन् र जागिर पाउन असमर्थ छन् । महिला र केटीहरूले तालिबान अधिकारीहरूको इस्लामको कडा व्याख्या अन्तर्गत कडा प्रतिबन्धहरूको सामना गरिरहेका छन्।

एम्नेस्टीकी दक्षिण एसिया निर्देशक स्मृति सिंहले भन्नुभयो, “जबरजस्ती अफगानिस्तान फर्काउने यो हतारले उनीहरू किन भागेका थिए र उनीहरूलाई फिर्ता पठाउँदा उनीहरूले सामना गर्ने गम्भीर खतरालाई बेवास्ता गरिएको पाइन्छ ।”

विदेशी सहायतामा ठूलो कटौतीले अफगान सरकारलाई कठिनाइ बढाएको छ, संयुक्त राष्ट्रसङ्घ, गैरसरकारी संस्था र तालिबान अधिकारीहरूले फर्केकाहरूलाई सहयोग गर्न थप कोषको माग गरेका छन् । (रासस/एएफपी)