१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम



अ+ अ-

नेपालगन्ज। शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहअन्तर्गत आज यहाँ आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले यहाँका लगानीकर्ताका लागि शेयर साक्षरता सुरु गरिएको जानकारी दिनुभयो ।

पुँजीबजार प्राथमिक बजारसँगै दोस्रो बजारसमेत भएको औँल्याउँदै उहाँले बोर्डले लगानीकर्ताका हितको पैरवी गरिरहेको उल्लेख गर्नुभयो । “सबै लगानीकर्ताको उद्देश्य पुँजीबजारको दोस्रो बजारबाट अधिक मुनाफा गर्ने हुन्छ, त्यसका लागि धैर्यता र संयमता अपनाउनुपर्छ । हामीले गर्नुपर्ने कार्यका लागि सहजीकरण गर्न तयार छौँ”, निर्देशक पौडेलले भन्नुभयो ।

उहाँले पुँजीबजारको ऐन, नियमअनुसार नियमन पनि भइरहेको जानकारी दिनुभयो । पुँजीबजारमा लगानीसँगै जोखिम पनि जोडिएर आउने कुरामा सचेत रहन आग्रह गर्दै पौडेलले बोर्डले लगानीपछि आउने प्रतिफलको ग्यारेन्टी धितोपत्र बोर्डले गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

शेयर बजारका लगानीकर्ता झवीन्द्रप्रसाद मरासिनीले कतिपय कम्पनीले समयमा लाभांश नदिएर ठगी गरेको आरोप लगाउँदै बोर्डले यसमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पँुजीबजारका विषयमा अफवाह फैलाउनेलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै बोर्डलाई गलत कार्यविरुद्ध खरो रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

लगानीकर्ता विकास भट्टराईले नियामक निकाय सक्रिय नहुँदा शेयर बजारका लगानीकर्ता जोखिममा परेको भन्दै ‘इन्साइडर टे«डिङ’ का विषयमा पनि बोर्ड गम्भीर नभएको आरोप लगाउनुभयो ।

उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा भएको कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदय अधिकारी, लगानीकर्ता जीवनारायण बेल्वासे, सङ्घका महासचिव अर्जुन रानाभाटलगायतले पुँजीबजारलाई व्यवस्थित बनाउन सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमअन्तर्गत बोर्डले बाँके र बर्दियामा शेयर साक्षरताको कार्यक्रम गरेको छभने त्यस क्रममा आज यहाँको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यक्रम आयोजना गरिएको हो । तीन वटा ब्रोकर कार्यालय रहेको नेपालगन्जमा करिब २० हजार लगानीकर्ताले कारोबार गरिरहेको इम्पेरियल सेक्युरिटीज प्रालि, नेपालगन्जका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।