• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छः राष्ट्रपति



लहान । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ”, उहाँले भन्नुभयो ।

त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको पनि उहाँले बताउनुभयो ।

“यहाँका विद्यालयले स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी बालबालिकालाई युग सुहाउँदो शिक्षा प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा सवर्द्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ, जहाँ हाम्रा सन्तति र कर्णाधारको भविष्य सुरक्षित हुनेछ ।”

उहाँले शिक्षाको विकासका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको समेत बताउनुभयो । “त्यसैले विद्यालयप्रति स्थानीय निकाय, अभिभावक र समुदायको अविच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ, श्रम गर्ने संस्कृतिको सम्मान, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलापसँगै राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिन आवश्यक पाठयक्रम र पठनपाठन विधि अपनाउन पनि म यहाँहरूलाई आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले त्यसका लागि तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि रहेको बताउनुभयो ।

सात दशकभन्दा बढी लामो समयसम्म स्थानीयस्तरमा सहज र सरलरूपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सामाजिकलगायतका क्षेत्रमा पुर्याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गर्नुभयो । साथै भविष्यमा पनि सो विद्यालयले दक्ष जनशक्ति, आवश्यक प्राविधिक एवं भौतिक पूर्वाधार तथा विद्यार्थी एवं अभिभावकको चाहनाअनुसारको पठनपाठनमा अझै प्रगति गरोस् र देश विदेशमा विद्यालयबाट शिक्षित भएका विद्यार्थीले देशको शान तथा गौरव उँंचो बनाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

हीरक जयन्तीका अवसरमा प्रतिनिधिसभा सदस्य तेजुलाल चैधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरूले विद्यालयको अझै उत्तरोत्तर प्रगति कामना गर्दै आफ्नो विद्यालय समयको स्मरण गर्नुभयो । उहाँहरु तीनै जना यही विद्यालयका पूर्वविद्यार्थी तथा दाता परिवारका सदस्यसमेत हुनुहुन्छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले दुई दर्जनजति जग्गादाता र पूर्वविद्यार्थीलाई समान गर्नुभएको थियो । रासस