१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

इतिहासको साक्षीः चार सय वर्ष पुरानो भद्रिवम शिवालय

इतिहासको साक्षीः चार सय वर्ष पुरानो भद्रिवम शिवालय
अ अ+ अ-

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ ।

विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ । शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ । शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल घेरिएको छ । देख्दै अनौठो लाग्ने यो शिवालयको इतिहास भाइभाइबीचको आपसी वैमनश्यता र त्यसपछि उत्पन्न परिणामसँग सम्बन्धित छ ।

तत्कालीन पर्वत राज्यका राजा बलेबम मल्ल र भाइ भद्रीबम मल्लको आन्तरिक कलह तथा षड्यन्त्रका कारण कमजोर बनेको पर्वत राज्य र भद्रीबम मल्लको हत्यासँग यो शिवालयको गहिरो सम्बन्ध रहेको छ ।

शिवालयको इतिहास

पर्वत राज्यको इतिहासमा उल्लेख भएअनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम ९दिलीप बम० मल्लले विसं १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरेको इतिहास छ । राजा डिम्बपछि छोरानाति नाग मल्ल, प्रतापीनारायण मल्ल, राज मल्ल, नर्सिङ मल्ल, नागवी मल्ल, नारायण मल्ल, कुँवर मल्ल, घनश्याम मल्ल र मलेबम मल्ल राजा भएको इतिहास छ ।

नलैबमले आफ्ना भाइ भर्तिबमलाई ज्यामरुककोटको शासनभार ९कजाइ खान० सुम्पेको बताइन्छ । पछि मलेबम र भर्तिबमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेबमले भाइ भर्तीबमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिबमले “दियाँ पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन”, भनी अड्डी लिएपछि मलेबमले गुप्त षड्यन्त्र गरी भर्तिबमलाई पक्रन पठाएको बताइन्छ ।

भर्तिबम उहाँका मित डिल्ली भुजेलसहित भागेर लामगरा ९लुङ्दी० मा पुगेको इतिहासमा उल्लेख छ । भर्तिबमलाई दाजु मलेबमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उहाँलाई मारिएपछि शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती रहेको छ ।

राजा मलेबम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत तथा किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न भाइ भद्रीबमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेबमले पूजाआजा गरेको इतिहास छ ।

उक्त शिवालय मन्दिरमा अद्यापि पूजाआजा गर्ने गरिन्छ । साथै मलेबमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित्त प्रदीप’ भन्ने पुस्तक लेख्न लगाउनुभएको थियो । त्यसपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ ।

भर्तिबम मल्लपछि राजा मलेबम मल्लका माइला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको मल्ल वंशावलीमा उल्लेख छ । उहाँको शासनकाल अर्थात् १८४३ मा बहादुर शाहले आठ हजार पर्वतका राजा कीर्तिबम मल्ललाई जितेपछि पर्वत राज्य पनि विशाल नेपालमा गाभिन पुग्यो । विसं १८४३ देखि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनीतिक एव प्रशासनिक कार्य सञ्चालन भयो ।

यसरी भयो भर्तिबम मल्लको हत्या

भर्तिबम मल्ल जिउँदो रहेसम्म ज्यामरुककोटको राज्य नछाड्ने भयो भनी चिन्तामा परेका राजा मलैबम मल्लले भाइ भर्तीबम मल्लको हत्या गर्ने षडयन्त्र रच्न थालेको इतिहास छ । सोअनुसार जयन्ती मङ्गलाकालीको कालीगण्डकी दोभानमा सबेरै नुहाउने समयमा भर्तीबम मल्लको शिर छेदन गर्ने योजना बनाइ उहाँ नुहाउन आउने र जाने समयको चियो गर्न मलैबमले गुप्तचर खटाउनुभयो ।

सोही योजना मुताविक केही समयपछि राजा भर्तिबम मल्लको कालीगण्डकी किनारमा हत्या गर्न दाजु मलैबम मल्ल सफल भएको किंवदन्ती छ । भाइ भर्तीबम मल्लको शिर छेदन गरी गण्डकीमा फाल्दा गिड उधाँे तिर र शिर माथितिर बग्न थाल्यो ।

भाइको हत्यापछि पश्चातापमा परेका मलैबम मल्ललाई मुखबिनाको भाइको शरीरको गिडले “दाजु १ मेरो हत्या गर्नुभयो, म निर्दोषी भाइलाई शिर छेदन गरेर मारेकामा प्रायश्चित्त गर्न चाहनुहुन्छ भने मेरो शिर मङ्गला र कालीगण्डकी नदीको दोभानमा राखी शिवजीको स्थापना गर्नु र गिड लामाखेतमा लगि त्यस ठाउँमा उघौली र उभौली गरी पूजा चलाउनु, शिवजी स्थापना गरेको ठाउँमा मन्दिर निर्माण गरी चौकुनामा गणेश, भगवती, नारायण आदि देवताको स्थापनागरी नित्य पूजा सञ्चालन गराइदिनु र नित्य पूजाका लागि गुठीसमेतको व्यवस्था मिलाइ दिनु”, भाइले भनेको भनाइ छ ।

भाइको इच्छाअनुसार राजा मलैबमले ९हालको बेनी शिवालयको गुठी० बागलुङको बागलुङ नगरपालिका–६ लहरेपीपलमा गुठीको व्यवस्था गरिदिनुभयो । सो गुठी अझैसम्म पनि रहेको छ । भर्तीबम मल्लकै इच्छाअनुसार दाजु मलैबम मल्लले विसं १७५० मा बेनी शिवालय मन्दिरको निर्माण गरेको इतिहास छ । त्यसपछि विसं १७७२ मा मलैबम मल्लले ढलोटको घण्टी मन्दिरमा चढाउनूका साथै मन्दिरको पश्चिमतर्फबाट मन्दिरको मूल ढोकातर्फ फर्केको राजा मलैबम र रानीमहल वसन्तको दुई हात जोडिएको मूर्ति राखेको बताइन्छ । त्यो आजसम्म पनि देख्न सकिन्छ ।

राजा मलैबम मल्लले भाइको बिना कसुर हत्या गरेको हुँदा गोत्र हत्याको पाप लाग्ने डरले ‘पाञ्चायत प्रायश्चित्त प्रदीप’ नामक ग्रन्थ लेख्न लगाउनुभएको इतिहास छ । मलैबम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो ।

आफ्ना पति राजा भर्तीबम मल्लको हत्याको खबर पाएपछि रानी विश्वमता, महारानी श्यामसुन्दरी देवी स्वरुपिणी मल्ल, पुत्र गोरे मल्ल र भान्छे बाहुनीका साथ हालको मङ्गलाघाट बजारदेखि माथि कुरिलाखर्क भन्ने ठाउँमा आफ्नो राज्य ९ज्यामरुककोट० देखिने ठाउँमा गई तीन जना नै अल्पिएको र हालसम्म उनै श्यामसुन्दरी देवी स्वरुपिणी महारानीको पूजा गर्ने गरेको पाइन्छ । उहाँहरुले राज्य गरेको ठाउँ ज्यामरुकोटमा भने उहाँको कुनै वास्ता गरेको पाइँदैन ।

राजा मलैबमले भाइ भर्तीबमको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भर्तीबमले सपनामा मेरो शिर राखिएको ठाउँमा जबसम्म हरियो रुख रहन्छ तबसम्म भर्तीबम जिवित छ र उ ज्यामरुककोटमा रहिरहन्छ भनेको भन्ने किंवदन्ती अझै पनि सुन्न पाइन्छ ।

ऐतिहासिक शिवालयको संरक्षणमा समुदायको चासो

ऐतिहासिक महत्वको यो शिवालयको संरक्षणका लागि स्थानीयले सक्रियता देखाएका छन् । शिवालयको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो ।

मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनमूलक कार्य गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग स्थापना र यज्ञमण्डप निर्माण गरिएको छ । यस मन्दिरमा साउनको सोमबार, मङ्गलचौठी, जनैपूर्णिमा, ग्रहदशा पूजा, सत्यनारायणको पूजा, बालाचर्तुदर्शी, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि मन्दिरमा पुजारीको पनि व्यवस्था गरिएको छ । रासस