५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउँछः मुख्यमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताउनुभएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आज काठमाडौँमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताउनुभयो ।

“कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभङ्गा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

उहाँले सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “व्यवसायीलाई संरक्षण गरेमात्र उनीहरुले तिरेको करबाट सरकार सञ्चालन हुन सक्छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशको पर्यटन विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो । “हामीले प्रदेशमा भएका पर्यटकीय सम्भावनाको खोजी गरिरहेका छौँ । यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार योजनासहित काम गर्नेछ”, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले सगरमाथा दिवसलाई विश्वभर चिनाउनका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले काम गरिरहेको उल्लेख गर्नुभयो ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विदेशी पर्यटकलाई सही सूचना दिनका लागि पदयात्रा सूचना प्रणाली ९टिम्स० लाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

टानका पूर्वअध्यक्ष दीपक महतले अन्तरराष्ट्रिय आरोहीलाई नेपालमा निमन्त्रणा गरेर सगरमाथा दिवस भव्य रुपमा मनाउनुपर्ने बताउनुभयो । कोशी प्रदेशमा भएको पर्यटकीय सम्भावनालाई अध्ययन गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

टानका पूर्वअध्यक्ष ज्योति अधिकारीले सगरमाथा दिवस मनाउनु पर्छ भन्ने कुरा राज्यलाई बुझाउनका लागि १५ वर्ष लागेको बताउनुभयो । उहाँले नेपाललाई सस्तो गन्तव्य बनाउन नहुने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष चन्द्रप्रसाद रिजालले सरकारले बोलेको कुरालाई पूरा गर्न र नीतिगत सुधार गर्न सकेमात्र मुलुकको पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका पूर्वमहासचिव कुलबहादुर गुरुङले सरकारलाई पर्यटकले तिरेको कर आरोहीको हकहितको पक्षमा काम गर्न छुट्टै खाता बनाएर राख्नुपर्ने बताउनुभयो ।

टानका महासचिव विनोद सापकोटाले पर्यटन प्रवद्र्धन तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि टानले कोशी प्रदेशसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा सरकारसँग टान हातेमालो गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटा, टानका पूर्वअध्यक्ष नवराज दाहाल, सगरमाथा आरोही सङ्घका महासचिव शिव सापकोटा, हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुली, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का अध्यक्ष गोपाल थापालगायतले सगरमाथा दिवस मनाउनका लागि समिति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । रासस