१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बिपक्षी नेताहरु एउटै मञ्चमा -ओलीको कदमको एक भएर प्रतिवाद गर्नुपर्ने ठम्याई

बिपक्षी नेताहरु एउटै मञ्चमा -ओलीको कदमको  एक भएर प्रतिवाद गर्नुपर्ने ठम्याई
अ अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल –माधव कुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । 
शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा लिखित पुस्तक गुमनाम आमाहरुको कथा को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताउनुभयो । यसको निम्ति मोर्चा खोलिसकिएको उहाँको भनाई छ । उहाँले नेपालको संविधान पूर्ण छ भनेर आफुले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताउनुभयो ।


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमती माथि विश्वास घात गरेको उहाँको भनाई छ ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताउनुभयो । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उहाँले जनयुद्धको योगदानको सहि मुल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताउनुभयो । बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भएपनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । नेता राईले देश द्धन्द्धमा फस्नुको निकास पनि जनयुद्धबाटै हुने विश्वास व्यक्त गर्नुभयो ।