१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

काठमाडौँमा ह्विलचियर दौड प्रतियोगिता सम्पन्न

काठमाडौँमा ह्विलचियर दौड प्रतियोगिता सम्पन्न
अ अ+ अ-

काठमाडौँ । बोधिसत्व इन एक्सन् (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । आज यहाँ भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहको अलगअलग प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता थियो ।

प्रतियोगिता उद्घाटनमा अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी सङ्युक्त राज्य अमेरिकी विशेष सल्लाहकार सारा मिङ्कारा, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनलगायत सहभागी हुनुभएको थियो । कार्यक्रममा मिङ्काराले अपाङ्गता भएका व्यक्तिको महत्व अभिवृद्धि गर्ने समुदाय निर्माणमा खेलकुदको भूमिकाबारे चर्चा गर्नुभयो ।

मिङ्काराले अपाङ्गता भएका व्यक्तिलाई सीप र रोजगारीसम्बन्धी तालिम प्रदान गर्ने, उनीहरूलाई आफ्नो समुदायमा पूर्णरूपमा सहभागिताका लागि सक्षम बनाउन बीआइएको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । अपाङ्गता भएका व्यक्ति मैदानमा देखिँदा उनीहरूमा सहभागी हुने आत्मविश्वास बढ्ने बताउँदै उहाँले यसप्रकारको खेलकुदले सहभागितामा फराकिलो सामाजिक अवरोध कम गर्न मद्दत गर्ने बताउनुभयो ।

विशेष सल्लाहकार मिङ्काराले विश्वभर अपाङ्गता भएका व्यक्तिको अधिकार र स्वतन्त्रताको क्षेत्र प्रचार गर्नुहुन्छ । मिङ्कारा हाल आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा आउनुभएको हो । भ्रमणका क्रममा उहाँले सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्ने नागरिक समाज संस्थाहरू र अमेरिकी सरकारको शैक्षिक आदानप्रदान कार्यक्रमका सहभागीसँग भेटघाट गर्नुका साथै युएसएआइडी नेपालको समावेशी विकासलाई अगाडि बढाउन साझेदार संस्थासँग कामका बारेमा जानकारी लिइरहनुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । रासस