१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष देउजा साधारण सदस्य समेत नहुने गरी निष्कासित



अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपालले केन्द्रीय सदस्य सन्तोष देउजालाई साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासित गरेको छ ।

चितवनका देउजाले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सार्वजनिक अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा र मिडियामा लेख्ने, तथा अनुशासनविपरित गतिविधि गरिरहेको र संगठनले पटक–पटक त्यसो नर्गन निर्देशन दिँदासमेत वेवास्ता गरी अराजक गतिविधि जारी राखेकाले संगठनबाट निष्कासित गरिएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

देउवा चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।