१ पुष २०८२, मंगलवार
,
Latest
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको न्युनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गर्ने तयारी



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

शनिवार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शिर्ष नेताहरुलाई पनि मस्यौदा बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य डा. मुकुल ढकालले बताउनु भयो । उहाँले ५ राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको र सोही कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘५ राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रत्येक दलबाट २÷२ जना सदस्यहरु हुनुहुन्थ्यो । उक्त कार्यदलले आज आफ्नो प्रतिवेदन, जसलाई हामीले पाँच राजनीतिक दलको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छौँ । त्यो प्रधानमन्त्री र शिर्षस्थ नेताहरुलाई बुझाएको छौँ । उहाँहरुको बैठक बसी यसलाई अन्तिम रुप दिए सकेसम्म सोमवार सार्वजनिक गरिनेछ । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिएका छौँ ।’

उहाँले शिर्ष नेताहरुले मस्यौदालाई अन्तिम रुप दिइ सोमवारसम्म सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो । साझा न्युनतम कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरु विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषयहरु समेटिएको बताउनु भयो ।