१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सरकारको न्युनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गर्ने तयारी

सरकारको न्युनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गर्ने तयारी
अ अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

शनिवार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शिर्ष नेताहरुलाई पनि मस्यौदा बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य डा. मुकुल ढकालले बताउनु भयो । उहाँले ५ राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको र सोही कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘५ राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रत्येक दलबाट २÷२ जना सदस्यहरु हुनुहुन्थ्यो । उक्त कार्यदलले आज आफ्नो प्रतिवेदन, जसलाई हामीले पाँच राजनीतिक दलको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छौँ । त्यो प्रधानमन्त्री र शिर्षस्थ नेताहरुलाई बुझाएको छौँ । उहाँहरुको बैठक बसी यसलाई अन्तिम रुप दिए सकेसम्म सोमवार सार्वजनिक गरिनेछ । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिएका छौँ ।’

उहाँले शिर्ष नेताहरुले मस्यौदालाई अन्तिम रुप दिइ सोमवारसम्म सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो । साझा न्युनतम कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरु विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषयहरु समेटिएको बताउनु भयो ।