२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.06

Humidity: 53

Latest
इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र इनोभा अस्पतालबीच आज यहाँ आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुईपक्षीय सम्झौता’ कार्यक्रममा उहाँले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

“सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायत लक्षित वर्गका लागि अस्पताल निर्माण भए पनि श्रमिकका लागि अस्पताल नहुँदा श्रमिक समस्यामा परेका छन्, सरकारले श्रमिक अस्पताल निर्माणमा विशेष प्रयास गर्नुपर्छ,” उहाँले भन्नुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट श्रमिक अस्पताल निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सम्झौतालाई संयुक्त संयन्त्र बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकको सहजताका लागि ट्रेड युनियन कांग्रेसले राष्ट्रिय कोष खडा गरी श्रमिकको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जानकारी दिनुभयोे ।

इनोभा अस्पतालमा उपचार गर्न जाने निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका सदस्य र सङ्घमा आबद्ध श्रमिक परिवारका सदस्यलाई ४० प्रतिशत सहुलियत दिइनेछ ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घले यसअघि ‘निर्माण श्रमिक कल्याणकारी काष’ स्थापना गरी उक्त कोषबाट निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको छ । रासस