१ पुष २०८२, मंगलवार
,
Latest
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको उपचारका लागि सहयोग गरिदिन बुबाको आग्रह



अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुई वर्षअघि उहाँकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो ।

घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाउनुभएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर बढ्दै जाँदा हिँड्डुलमा समस्या हुँदै आएको बुबाले जानकारी दिनुभयो । तत्कालीन समयमा उपचारका लागि राम्रो अस्पताल लैजान आर्थिक अभावले नसकिएको भन्दै अहिले छोरी हिड्न नसक्ने र बोल्न पनि नसक्ने भएको बुबाले दुखेसो पोख्नुभयो ।

मयाको दायाँ खुट्टा भाँच्चिएको थियो । चिकित्सिकले अहिले पनि उपचार सम्भव भएको प्रतिक्रिया दिएकालृ उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान गरिएको बुबा बल्चितले बताउनुभयो ।

स्थानीय डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष बोहराले सुविधासम्पन्न हाडजोर्नीसम्बन्धी अस्पतालमा उपचार सम्भव भए पनि आर्थिक अभाव भएकाले बल्चितले छोरीको उपचारकान लागि सहयोग आह्वान गर्नुभएको बताउनुभयो ।

स्वास्थ्यकर्मी बोहराले भन्नुभयो, “अहिले पनि मायाको उपचार गर्न सकिन्छ तर खर्च बढी लाग्न सक्छ । विकको खुट्टाको उपचार गर्नका लागि परिवारको आर्थिक अवस्था कमजोर छ ।” विकका घरपरिवारले अपाङ्ग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।