१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

लागुऔषधको कुलतले निम्त्याउँदैछ अपराध

लागुऔषधको कुलतले निम्त्याउँदैछ अपराध
अ अ+ अ-

झापा । लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत फागुन २५ गते राति गाँजा खाएर लठ्ठ परेका १७ वर्षीय धीरज विश्वकर्माले लागुऔषध किन्न पैसा नदिएको निहुँमा ८२ वर्षीया हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेका थिए ।

फलामे रडले हिर्काएर हजुरआमाको हत्या गरेपछि साथी लगाएर घरको ग्वालीमा शव गाडेको अवस्थामा फेला परेको प्रनि गिरीले बताउनुभयो । उहाँका अनुसार हाल नातिसहित चार जना अभियुक्त पक्राउ परिसकेका छन् ।

झापामा लागुऔषधका सेवनकर्ता र कारोबारीको सङ्ख्या बढेसँगै अपराधका घटनामा उनीहरुको संलग्नता पाइन थालेको प्रहरीले जनाएको छ । लागुऔषध किन्न आवश्यकपर्ने नगदका लागि उनीहरु चोरी र लुटपाटमा लाग्ने गरेका छन् । धेरैजसो घटनामा घर परिवार नै पीडित हुने गरेका कारण घटना बाहिर कम आउने गरेका प्रनि गिरीको भनाइ छ ।

गत फागुनमा प्रहरीले मेचीनगर–१५ मा एक दुव्र्यसनी युवाले चरेस किन्न नेपालबाट चोरी गरेको महँगो मोबाइल फोनको सेट भारतको खोरीबारीबाट फिर्ता ल्याएको थियो । चोरीको घटनामा आफन्त नै संलग्न भएकाले पीडितले मोबाइल फिर्ता पाएपछि अभियुक्तलाई कारबाही गराउनेतर्फ पहल गरेनन् ।

पछिल्लो समय जिल्लामा सुनका गहना, मोटरसाइकल र धातुका भाडावर्तन चोरीका घटना बाक्लै भएका छन् । प्रहरीले ती घटनामा लागुऔषधका दुव्र्यसनी नै संलग्न भएको आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ । मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालको घरबाट गत फागुनमा १० तोलाभन्दा बढी सुनका गहना चोरी भएको थियो भने मेचीनगर–१० खयरडाँगीका हरि लिम्बूको घरबाट दिउँसै सुनका गरगहना चोरी भएको थियो ।

“लागुऔषध सेवन गर्ने दुव्र्यसनीले घरको मालसामान बेच्ने मात्र होइन बाहिर जहाँसुकै पनि चोरी गर्न सक्छन्”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिरीले भन्नुभयो, “जसरी पनि खानैपर्ने अवस्था भएकाले लागुऔषध किन्नका लागि पैसा जुटाउने मौका हेरिरहेका हुन्छन् । कतिपय अवस्थामा हत्याका घटनासमेत हुने गरेका छन् ।”

कुलतमा फस्दै नवयुवा

कुलतमा फसेका १६ देखि २५ वर्ष उमेर समूहका युवाको सङ्ख्या आधा रहेको तथ्याङ्कले देखाएको छ । जसमा विद्यालय पढ्दै गरेका कलिला युवाको संलग्नता धेरै छ । आर्थिक वर्ष २०८०÷८१ को चालू आठ महिनामा लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा दुई सय ६५ पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा १६ देखि २५ वर्ष उमेर समूहका एक सय २० जना रहेका छन् ।

प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोही अवधिमा लागुऔषधको एक सय ७४ वटा मुद्दा दर्ता भएका छन् । जसमा दुई सय एक जना सेवनकर्ता छन् । पक्राउ परेकामा १५ जना भारतीय नागरिक रहेका उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय प्रहरीले पूर्वीनाका काँकडभिट्टा र पूर्वपश्चिम राजमार्गमा नियन्त्रण अभियानलाई केन्द्रित गर्दै निगरानी बढाएको प्रउ केसीले बताउनुभयो । उहाँका अनुसार नाकामा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर भित्रिएका लागुऔषध राजमार्गका विभिन्न चेकप्वाइन्टमा बरामद हुने गरेका छन् ।

सीमावर्ती भारतीय बजार पानीटयाङ्कीमा खुलेआम लागुपदार्थको कारोबार हुने गरेको छ । प्रहरी उपरिक्षक केसीका अनुसार भारतीय बजारमा गाँजा, चरेसलगायत लागुपदार्थको बिक्री वितरण नेपाली ग्राहक लक्षित हुने गरेको छ । भद्रपुर, गौरीगञ्ज, केचना र बाहुनडाँगीबाट लुकाइछिपाइ ओसारपसार हुने गरेका कारण प्रहरीले ती नाकामा पनि निगरानीलाई कडाइ गरिरहेको प्रउ केसीको भनाइ छ ।

कारोबारीले पूर्वीनाकाबाट भित्रिएको लागुपदार्थ कोशी प्रदेशको विभिन्न पहाडी जिल्लादेखि राजधानी काठमाडौँसम्म पु¥याउने गरेका छन् । एक दशकयता सुईका माध्यमबाट प्रयोग हुने डाइजिपाम, फेनारगन, लुपेजेसिक जस्ता लागूऔषधको प्रयोग घट्दै र ब्राउनसुगर, गाँजा, चरेसलगायत वस्तुको प्रयोग बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।

झापामा भारतसँगको १४४ किलोमिटर खुला सीमा लागुऔषध कारोबार नियन्त्रणको चुनौती बनेको छ । पूर्वमा भारतको पश्चिम बङ्गाल र दक्षिणमा विहार प्रान्त रहेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय समुदाय र विद्यार्थीलाई अभियानमा जोड्ने गरिएको छ । रासस