• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

चैत्र ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी



पोखरा । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

शनिवार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो । उहाँले चैत्र ४ गते आईतवार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउनु भयो । पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने मेयर आचार्यले बताउनु भयो ।

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको ¥याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने बताउनु भयो । पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहायेग पुग्ने बताउनु भयो । पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न शुरु गरिएको बताउनु भयो ।

उहाँले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताउनु भयो ।