• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगः क्वाटरफाइनल र सेमिफाइनलमा कसको प्रतीद्वन्द्वी को ?



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल र सेमिफाइनलको ड्र सार्वजनिक भइसकेको छ । शुक्रबार स्वीजरल्यान्डको नियोनमा ड्रा सार्वजनिक गरिएको हो ।

ड्र अनुसार क्वाटरफाइनलमा इंग्लिस क्लब आर्सनलले जर्मन क्लब बायर्न म्युनिख प्रतीद्वन्द्वी पाएको छ । यस्तै स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड भिड्ने भएका छन् ।

अर्को स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब बार्सिलोना प्रतीद्वन्द्वी पाएको छ ।

योसँगै यीमध्येका टोली सेमिफाइनलमा पुगेमा एट्लेटिकोले पिएसजीसँग, डर्टमण्डले बार्सिलोनासँग तथा आर्सनलले रियल मड्रिडसँग र बायर्नले म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनलका खेलहरु अप्रिल ९ देखि सुरु हुनेछ । सबै टोलीले होम र अवे का आधारमा दुई–दुई खेल खेल्नेछन् ।