२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोपः क–कसले पाउँछन् ?



अ+ अ-

काठमाडौंं । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ । यसबाहेक काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल, बानेश्वरबाट खोप सेवा लिन सकिने उनले जानकारी दिए ।

यसअघि पहिलो चरणअन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार ४७९ जनाले खोप लगाएका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।