७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोपः क–कसले पाउँछन् ?



अ+ अ-

काठमाडौंं । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ । यसबाहेक काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल, बानेश्वरबाट खोप सेवा लिन सकिने उनले जानकारी दिए ।

यसअघि पहिलो चरणअन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार ४७९ जनाले खोप लगाएका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।