७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको कार्यालय तयार, सोमबार सर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने , “प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि उहाँले सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।” प्रधानमन्त्रीको सम्बोधनपछि अहिलेको भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको भवनमा स्थानान्तरण हुने उनले स्पष्ट पारे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन०का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट फागुन ३ गते उद्घाटन गरिने कार्यक्रम तय भएको जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।