७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ



अ+ अ-

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ । भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दुरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन ।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनको बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दुरीमा रहेको भीरकट्याको भीरमा खाइन् । ‘भीरकट्याकको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला दुई जना थिए । दुवै भीरकट्याको भीरबाट छुट्टिए,’ एक जना प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।’

भीरकट्याबाट घटनास्थल झण्डै दुई किलोमिटर दुरीमा छ । त्यसदिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ । उनको शवनजिकै झण्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो । प्रहरीको तालिम प्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।