४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनि ट्रान्सफरका सञ्चालक साहमाथि गोली प्रहार



अ+ अ-

काठमाडौँ । रौतहटमा गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको परोहा नगरपालिका–९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।

शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार भएको हो ।

गोली लागी घाइते साहलाई उपचारको लागि वीरगञ्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली समेत बरामद गरेको छ ।