१४ असार २०८३, आईतवार
,
Latest
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनि ट्रान्सफरका सञ्चालक साहमाथि गोली प्रहार



अ+ अ-

काठमाडौँ । रौतहटमा गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको परोहा नगरपालिका–९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।

शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार भएको हो ।

गोली लागी घाइते साहलाई उपचारको लागि वीरगञ्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली समेत बरामद गरेको छ ।