१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन: रिट निवेदन दायर गरेका वकिलहरुको जवाफी बहस सुरु



अ+ अ-

काठमाडौं । आजबाट संसद विघटनविरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुको जवाफी बहस सुरु हुने भएको छ । उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् र त्यसपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध १३ वटा रिट निवेदन दायर भएका थिए । ती सबै रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् ।

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।