५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित – प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा एमालेले संसदमा दिएको दबाब र अवरोध सही सावित भएको बताएका छन् ।

छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न तत्कालीन समय एमालेले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको प्रतिक्रिया दिएका हुन् ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘हामीले त्यसबेला राज्यको उच्च पदस्थ व्यक्तिको संलग्नताविना त्यति ठूलो अपराध हुनै सक्दैन भनेर आयोगको माग गरेका थियौं । हाम्रो मागमा त्यसबेला निकै विवाद र बहस सिर्जना भएको थियो, तर अहिले आएर आयोगले जे प्रतिवेदन दियो त्यसले एमालेको आशंका सही रहेछ भन्ने प्रमाणित गर्यो ।’

यस्तै, हिजो एमाले आयोग माग गर्ने ठाउँमा रहेको र अब त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा आइपुगेको प्रमुख सचेतक बर्तौलाले बताए ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।