२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित – प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा एमालेले संसदमा दिएको दबाब र अवरोध सही सावित भएको बताएका छन् ।

छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न तत्कालीन समय एमालेले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको प्रतिक्रिया दिएका हुन् ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘हामीले त्यसबेला राज्यको उच्च पदस्थ व्यक्तिको संलग्नताविना त्यति ठूलो अपराध हुनै सक्दैन भनेर आयोगको माग गरेका थियौं । हाम्रो मागमा त्यसबेला निकै विवाद र बहस सिर्जना भएको थियो, तर अहिले आएर आयोगले जे प्रतिवेदन दियो त्यसले एमालेको आशंका सही रहेछ भन्ने प्रमाणित गर्यो ।’

यस्तै, हिजो एमाले आयोग माग गर्ने ठाउँमा रहेको र अब त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा आइपुगेको प्रमुख सचेतक बर्तौलाले बताए ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।