१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने “मेरो मित्र गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु कि उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहारण प्रस्तुत गर्नुस् ।,”

उनले थप भने ‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो । सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?’

सुशासननको नारा घन्काउने सरकारले विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर गल्ती गरेको पनि उनले बताए ।




भर्खरै