१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने “मेरो मित्र गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु कि उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहारण प्रस्तुत गर्नुस् ।,”

उनले थप भने ‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो । सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?’

सुशासननको नारा घन्काउने सरकारले विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर गल्ती गरेको पनि उनले बताए ।