१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीष्म जोशीको म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । विगत लामो समयदेखि नेपाली रंगमञ्च साहित्य र फिल्म क्षेत्रमा सक्रिय भीष्म जोशीले आफ्नै लेखन र निर्देशन रहेको म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ ल्याएका छन् ।

जोशीको आफ्नै प्रडक्सन ‘आर्ट घर’ मार्फत बिहीबार गीत सार्वजनिक गरिएको हो ।

म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ले उमेर बढेसँगै बालापनको प्रेम आउने परिवर्तन देखाउने प्रयास गरेको छ ।

भिडियोमा भीष्मसहित रिश्ता बस्नेत(अधिकारी), नेहा शाही र रविन्द्र थापाको अभिनय रहेको छ । भीष्मकै शब्द रहेको गीतमा सुविन सेञ्चुरी र समिक्षा दाहालको स्वर छ ।

सागर संसार राईले मिक्सिङ गरेको गीतमा गायक सेञ्चुरीले नै संगीत भरेका छन् । गीतको संगीत संयोजन पनि उनकै छ ।

माहोल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो सुजय गौतमले छायांकन र जेसन लोप्चनले सम्पादन गरेका हुन् ।