१८ माघ २०८१, शुक्रबार
,
Latest
सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभइ प्रभावकारी नियमनका लागि: महेश बर्तौला भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन किक बक्सिङ टोली भारत प्रस्थान अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठनको माग भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति दिन सुरु मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?’



अ+ अ-

काठमाडौं । आइतबारदेखि सर्बोच्च आदालतमा संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहस सुरु भएको छ । सरकारी पक्षले संसद विघटनको प्रतिरक्षामा बहस गरेपछि त्यसको जवाफ निवेदक पक्षका कानुन व्यवसायीले दिनेछन् ।  

रिट निवेदकको तर्फबाट जवाफी बहसमा आएका अधिवक्ता दिनमणि पोखरेलले नेपालको संविधानले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार  नदिएको बताएका हुन् । 

उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रश्न गरे ‘ अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ? पोखरेलले नेकपाको हो भनी जवाफ दिए ।

पोखरेलले दिएको जवाफ सकिए लगत्तै जबराले फेरि प्रश्न गरे ‘नेकपाको हो भने उसँग बहुमत छ । अर्थात् धारा ७६ को उपधारा १ बमोजिमको सरकार हो, अब (सरकार बनाउन) धारा २, ३ र ५ मा जाने अवस्था कहाँ छ संविधानमा ? उपधारामा १ बमोजिम सरकार बनिसकेपछि बाँकी उपधारा त त्यसै लोप भए नि हैन र ?’

जवाफमा पोखरेलले सरकार कसरी बन्छ भन्ने विषय चिन्ता गर्ने विषय नभएको बताए । ‘यो हामीले चिन्ता गर्ने विषय होइन श्रीमान् । प्रक्रियामा गएपछि संसदले हेर्छ । नेकपाले अर्को संसदीय दलको नेता दिनै सक्दैन ? त्यति निकम्मा भैसक्यो नेकपा ? प्रोसेसबाट सरकार नआउने अवस्था हुनुपर्यो विघटनमा जान’ उनले भने ।

पोखरेलले धारा ७६(१) को सरकारले काम गर्न नसके राजीनामा दिनुपर्ने र त्यसपछि अर्को ७६(२), (३) र (५) बमोजिमका सरकार बन्न सक्ने बताए । ‘प्रधानमन्त्री आउन सकेन, (सरकार) बन्न सकेन भने छुट्टै कुरा हो तर ७६(१) ले विघटन अधिकार हो भन्न सक्दैन’ उनले भने ।